२०८१ श्रावण १२
                           

मेलम्चीको पानी काठमाण्डौ उपत्यकामा बाह्रै महिना लैजाने ब्यवस्था मिलाउने

जेठ १ । सरकारले मेलम्ची खानेपानी आयोजनाबाट काठमाण्डौ उपत्यकामा बाह्रै महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाउने भएको छ ।

सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै १२ महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाई काठमाण्डौ उपत्यकाको चक्रपथ बाहिर र भक्तपुरको अरनिको राजमार्गसँग जोडिएका क्षेत्रमा खानेपानी आपूर्ति गरिने बताए ।

उनले काठमाण्डौ उपत्यकाको खानेपानी समस्याको दिगो समाधान गर्न शिवपुरी राष्ट्रिय निकुञ्ज लगायत जलाधार क्षेत्रमा रहेका स्रोतबाट पानी सङ्कलन गरी वितरण गर्ने प्रवर्द्धन मिलाइने बताए ।

प्रतिक्रिया दिनुहोस्