२०८१ श्रावण १२
                           

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

बैशाख ३१ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउनुभएको छ । प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको सभामुख अम्बरबहादुर विष्टले घोषणा गरेका हुन । कार्कीको पक्षमा ५७ मत परेको छ ।

नेपाली कांग्रेसले बैठक बहिष्कार गरेकाले विपक्षमा मत परेनन् । सोमबारको बैठकमा ६२ जना सांसद उपस्थित भएकामा राप्रपाका सांसद तटस्थ बसे ।कार्की विरुद्धको मुद्दामा जेठ ७ गते सर्वोच्चमा पेसी तोकिएको छ ।हिक्मत कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्