२०८१ श्रावण १
                           

नगरस्तरीय ब्याडमिन्टन प्रतियोगितामा राकेश र नवराजको जोडी प्रथम

१६ असार, सिन्धुपाल्चोक । चौतारामा भएको नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको प्रथम नगर कप राकेश थापा र नवराज सापकोटाको जोडीले जितेका छन् । जेठ १४ र १५ गते सनिबार भएको खेलमा प्रमुख अतिथि चौतारा साँगाचोक गढी नगरपालिकाको मेयर कृष्ण प्रसाद सापकोटाले ट्रफी, प्रमाणपत्र प्रदान गरेका हुन ।
यस्तै ब्याडमिन्टन प्रतियोगितामा सुवर्णलाल श्रेष्ठ र धर्म बहादुर घले जोडीले द्वितीय स्थान हाशिल गरेका छन् । भने उपेन्द्र घले र लक्ष्मण विष्ट , कैलाश घले र राजेश के.सी. तृतीय उपेन्द्र भएका हुन् ।
साथै प्रथम हुन सफल थापा र सापकोटाको जोडीले प्राप्त पुरस्कार राशी चौतारा ब्याडमिन्टन एकेडेमीलाई सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्