बैशाख ३१ । ट्रायल परीक्षा पास गरेका सबैलाई सवारी चालक अनुमति पत्र अर्थात् लाइसेन्स दिन अझै कम्तिमा एक वर्ष लाग्ने देखिएको छ । हाल १६ ला भन्दा धेरै जनाले ट्रायल पास गरेको तर यातायात व्यवस्था विभागले तत्कालै १६ लाख लाइसेन्स छाप्न सक्ने अवस्था नरहेकाले राजश्व तिरेको रसिद बोकेर सवारी साधन चलाउनु पर्ने अवस्था रहेको छ ।
यातायात व्यवस्था विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरुले हाल विभागसँग एउटा मात्र मेसिन रहेकाले मासिक १ लाख मात्रै लाइसेन्स छपाइ भइरहेको बताए । तर लाइसेन्सबिना रोजगारी गुम्ने अवस्था वा विदेश जानु पर्ने व्यक्तिलाई भने उनीहरूको आवश्यकता हेरेर छिटो लाइसेन्स छाप्ने काम भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्