२०८१ श्रावण १२
                           

बास्तविक भुकम्प प्रभावित पुनरावेदकहरुको पुनरावेदन सम्बोधन हुने

साउन ३१ ÷ भुकम्प प्रभावित पुनरावेदकहरुको पुनरावेदन सम्बन्धी न्यायीक अन्तरसंवाद कार्यक्रम चौतारामा सम्पन्न भएको छ । कार्यक्रममा चौतारा सांगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले बास्तविक भुकम्प पिडितको आवास पुननिमार्णको समस्या तत्काल समाधान गर्न सक्नुपर्ने जोड दिनुभयो ।
वास्तविक पिडित समस्यामा परेको उल्लेख गर्दै अझैपनी पिडित पहिचान गर्नका लागि १४ वटै वडाले सहि विवरण प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पुनरावेदन समितिलाई दिईने उहाँले उल्लेख गर्नुभयो ।भुकम्प पीडितहरु बढ्दै गएको भन्दै वास्तविक पिडित पहिचान गन वडाले विशेष भुमिका खेल्नुपर्नेमा मेयर सापकोटाले जोड दिनुभयो ।
कार्यक्रममा उपप्रमुख सिता थापाले अनुदान सुचीमा नाम नहुदा बास्तविक पिडितले दुख पाउने गरेको भन्दै यसलाई छिटै टुङ्रगोमा पुराउने बताउनुभयो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पुनरावेदन समितिको आयोजनामा भएको कार्यक्रममा पुनरावेदन समितिका अध्यक्ष बालेन्द्र रुपाखेतीले वास्तविक पिडित पहिचान गरी नाम उपलब्ध गराउन आग्रह गर्दै सकेसम्म पिडितहरुलाई राहत उपलब्ध गराउन समितिले काम गर्ने बताउनुभयो ।


कार्यक्रममा चौतारा सांगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम केसिले स्वागत मन्तव्य राख्दै भुकम्प प्रभावितहरुको समस्या राख्न वडा अध्यक्ष तथा सचीवहरुलाइ सुझाउनुभएको थियो । उहाँले वास्तविक पीडितहरु अझैपनी लाभग्राही कायम नभएको उल्लेख गर्दै उनिहरुलाइ पनि लाभग्राही कायम गरि सरकारले दिने रकम उपलब्ध गराउन माग गर्नुभयो ।
कार्यक्रममा वडा अध्यक्षहरुले पहिलो किस्ता बुझेर अहिले सम्म घर नबनाउने ,घर बनाइसकेपछी सम्पन्नताको फाइल बुझाउने हरुको फाइल गायब हुदा किस्ता रोकिएको जस्ता समस्या राखेका थिए ।
जिल्ला आयोजना कार्यान्वय इकाई भवन तथा आवासका आयोजना प्रमुख टंक प्रसाद गौतमले अब किस्ता नलिएकाले किस्ता नपाउने बताउदै यसको लागि मन्त्रीपरिषद्लेनै निर्णय गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा समितिका सदस्य भिष्मराज कडरियाले वास्तविक पीडित नछुटुन भनेर पुनरावेदन समिती गठन गरेको उल्लेख गर्दै समितिले गर्ने काम ,कर्तव्य र अधिकारका बारेमा बताउनुभएको थियो । उहाँले अझैपनी वास्तविक पीडित पहिचान गरि रिपोर्ट पठाउन वडा र नगरलाई आग्रह गर्नुभयो । वडा र पालिकाले सिफारिस गरेको आधारमा वास्तविक पिडितले राहत पाउनुपर्ने कडरियाले बताउनुभयो । उहाँले २०७६ मङ्सिर सम्म निवेदेन दिनेहरुको गुनासा मात्र समितिले हेर्ने जानकारी गराउनुभयो । आगामी पुस सम्म मात्र समिती रहने भन्दै रेग्मिले त्यति बेला सम्ममात्रै निवेदन हेर्ने जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्