२०८१ श्रावण १२
                           

९ महिनामा नेपालीले विदेश घुम्न गरे साढे ४७ अर्ब रुपैयाँ खर्च

बैशाख ३१ । गएको साउन यताका नौ महिनामा नेपालीले विदेश घुम्न करिब साढे ४७ अर्ब रुपैयाँ खर्च गरेका छन् । नेपाल राष्ट्र बैङ्कले आइतवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय प्रतिवेदनअनुसार नेपालीले विदेश भ्रमण गर्न ४७ अर्ब ३७ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा खर्च गरेका छन् ।

यो ९ महिनामा नेपाल घुम्न आउने विदेशी पर्यटकले भने ६० अर्ब ४५ करोड रुपैयाँ मात्र खर्च गरेका छन् । यो नेपालीले खर्च गरेको रकमको तुलनामा २७ दशमलव ६१ प्रतिशतले बढी हो । विदेशी पर्यकटको आगमन बढेसँगै खर्च पनि बढेको हो । तर नेपालले विदेश घुम्न जाँदा गर्ने खर्च पनि बढिरहेको छ । राष्ट्र बैङ्कका अनुसार यस वर्ष विदेशी पर्यटकले नेपालमा गरेको खर्च पोहोरको तुलनामा ४० प्रतिशत बढेको छ ।

पोहोर ४३ अर्ब १७ करोड रुपैयाँ खर्च गरेका थिए । यस्तै तथ्याङ्कअनुसार नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीले चालु आर्थिक वर्षको ९ महिनामा ९५ अर्ब ८५ करोड रुपैयाँ खर्च गरेका छन् । अघिल्लो वर्षको यसै अवधिमा शिक्षातर्फ ६७ अर्ब १९ करोड रुपैयाँ मात्र विदेशिएको थियो । गएको साउनदेखि चैत मसान्तसम्मका ९ महिनामा विप्रेषण अर्थात् रेमिट्यान्स १९ दशमलव ८ प्रतिशतले बढेको छ । राष्ट्र बैङ्कको वित्तीय प्रतिवेदनअनुसार अघिल्लो वर्षको यही अवधिको तुलनामा रेमिट्यान्स १९ दशमलव ८ प्रतिशतले बढेर १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ विभिन्न देशबाट नेपाल भित्रिएको होे ।

प्रतिक्रिया दिनुहोस्