२०८१ श्रावण १२
                           

वडाले गर्यो देशभरका नमूना विद्यालयको अवलोकन

वडाले गर्यो देशभरका नमूना विद्यालयको अवलोकन

चौतारा- चौतारा साँगाचोकगढी नगरपालिका– ५ ले देशभरका विभिन्न नमूना विद्यालयको अवलोकन गरेको छ ।

वडा भित्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् पदाधिकारी, जनप्रतिनिधी लगायत ६० जनाको टोलीले देशभरका नमूना विद्यालयको अवलोकन गरेको हो । फागुन १९ बाट सुरु गरिएको अवलोकन भ्रमण २१ गतेसम्म गरिएको थियो । भ्रमणको क्रममा टोलीले काठमाडौंको विश्व निकेतन माध्यमिक विद्यालय, चितवनको नारायणी मोडेल माध्यमिक विद्यालय र बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयको अवलोकन गरेको छ ।वडाले गर्यो देशभरका नमूना विद्यालयको अवलोकन

नेपाल सरकारको शिक्षाको राष्ट्रिय लक्ष्यका अनुसार विश्व निकेतनले बालबालिकाहरुलाई आधुनिक विज्ञान प्रयोग गरी मानक विज्ञान प्रयोगशाला, शुद्ध खानेपानी, क्यान्टिन, सबै विषयहरूमा छुट्टै विभाग, ओएचपी, संगीत र नृत्य कक्षा सञ्चालन गर्दै आईरहेको छ । अंग्रेजी भाषाको बढ्दो महत्वलाई ध्यानमा राख्दै विद्यालयले विद्यार्थीहरुलाई पूर्व प्राथमिक कक्षा बाट कक्षा १२ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गराउँदै आएको छ ।

त्यस्तै नारायणी मोडल माध्यमिक विद्यालयले दृष्टिविहिन र अपाङ्गता भएका विद्यार्थीहरुलाई प्राथमिकताका साथ अध्यापन गराउँदै आएको छ । सरकारको सहयोगमा उनीहरूलाई विद्यालयसम्म आउन रिक्सा सेवाको प्रबन्ध गरिएको छ । विभिन्न सामाजिक संगठनहरुले खाना, खाजा, कपडा, पुस्तकका लागि सहयोग गर्दै आईरहेका छन् । कालिका मानवज्ञान माध्यमिक विद्यालयले भने गरीब र दुर्गम क्षेत्रका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गदै आईरहेको छ ।वडाले गर्यो देशभरका नमूना विद्यालयको अवलोकन

‘हामीले हाम्रो वडाका विद्यालयहरुमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सकियोस् भनेर देशका नमूना विद्यालयको भ्रमण गराएका हौं’, वडा अध्यक्ष नरमान श्रेष्ठले भने– ‘यो अवलोकन भ्रमणले शिक्षकहरु र विव्यसका पदाधिकारीहरुलाई उर्जा थपेको हामीले महसुस गरेका छौं ।’
‘हामीले अवलोकन गरेका नमूना विद्यालयहरुमा शैक्षिक गुणस्तर उच्च रहेको पाईयो’, भ्रमणमा गएका श्रीकृष्ण रत्नगंगा माविका प्रधानाध्यापक ध्रुबलाल श्रेष्ठले भने– ‘ती विद्यालयका राम्रा पक्षहरुलाई हाम्रो विद्यालयमा लागु गर्नुपर्ने देखिन्छ ।’ भ्रमण निकै फलदायी भएको उनको प्रतिकृया थियो ।वडाले गर्यो देशभरका नमूना विद्यालयको अवलोकन

प्रतिक्रिया दिनुहोस्