२०८१ श्रावण १२
                           

बालमैत्री घोषणाको पुर्व तयारीको लागि अन्तरक्रिया कार्यक्रम

चौतारा ,१८ असार
बालमैत्री स्थानीय तह घोषणाको पुर्व तयारीको लागी चौतारा सागाँचोकगढी नगरपालिकाले एक दिने अन्तरक्रिया कार्यक्रम गरेको छ । नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरीक शाखाले सोमबार चौतारा सागाँचोकगढी नगरपालिका उपप्रमुख सिता थापाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिएको हो ।

वालमैत्री स्थानीय शासनको लागी न्युनतम सुचकहरुलाई पुरा गर्नका लागी स्वास्थ्य कर्मी ,शिक्षक , विधालय व्यवस्थापन समिति र वालसञ्जालको भुमिका प्रभावकारीता बनाउँनु आवश्यक रहेको उपप्रमुख थापाले बताउँनुभयो । नगरपालिकाको वडा नम्बर ४,६ र ७ मा यो कार्यक्रम गरिएको छ ।

11111111688376447.jpg

वि.स.२०६८ सालमा मन्त्री परिषदबाट निर्णय भएको बालमैत्री स्थानीय शासनको अवधारणा अहिले स्थानीय दलले सञ्चालन गरेका छन् । ५१ वटा सुचक पुरा गर्नुपर्ने बालमैत्री स्थानीय तह घोषणाको लागी स्वास्थ्य संस्था र शैक्षिक सस्थाको भुमिका महत्वपुर्ण हुने हुदा यस सगँ सम्बन्धीत सबै जिम्मेवार भएर लाग्नु पर्ने उपप्रमुख सिता थापाले बताउँनु भयो ।

अधिकार र कर्तव्यको पालनलाई बालबालिकाको उच्चतम हितलाई ध्यानमा राखेर कतिबिधि सञ्चालन गर्नुपर्ने सहभागीहरुको जोड थियो । चौतारा सागाँचोकगढी नगरपालिकाले गत वर्ष नै वडा नम्बर १३ लाई बालमैत्री स्थानीय  वडा घोषणा गरिसकेको छ ।

कार्यक्रम उपप्रमुख सिता थापा , वडा अध्यक्ष ,सामाजिक विकास समिति ,संयोजक वडा सदस्य , बिधालयका शिक्षक , विधालय व्यबस्थापन समिति , स्वास्थ्य सस्था,महिला स्वास्थ्य स्वमसेविका ,बाल सञ्जालका पधाधिकारी लगाएतको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्