२०८१ बैशाख ६

सिन्धुपाल्चोकमा गठबन्धन सफल बन्छ ः बस्नेत

असोज ३० — सिन्धुपाल्चोकमा सत्ता गठबन्धनलाई सफल बनाउने र गतीदिनेमा दलहरुबीच सहमती भएको छ । नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मन्चले राजधानीमा गरेको गठबन्धन उम्मेदवार शुभकामना आदानप्रदान कार्यक्रममा वक्ताहरुले कांग्रेस र माओवादी मिलेर जाने र सबै सिटमा जित निकाल्ने उद्घोष गरेका हुन् । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का उम्मेदबार समेत रहेका नेता मोहन बहादुर बस्नेतले मिलेर जानुको विकल्प नरहेको उद्घोष गर्दै बाहिर आएका नकारात्मक हल्लामा सत्यता नरहेको बताउनुभयो । कार्यक्रममा बोल्ने कांग्रेस नेताहरुले प्रतिपक्ष एमालेले कांग्रेस–माओवादीको आन्तरिक पंक्ति नमिलेको र अलमलिएको भनेर फैलाएको हल्लामा सत्यता नरहेको उल्लेख गरेका छन् ।


कार्यक्रममा बोल्दै गठबन्धनबाट माओवादी केन्द्रका प्रदेश सभा उम्मेदबार युवराज दुलालले सिन्धुपाल्चोकमा गठबन्धन एक ढिक्का भएर जाने बताउदै केन्द्रले गरेको निर्णय कार्यान्वयन हुने बताउनुभयो । धरापमा परिसकेको संविधान र लोकतन्त्रलाई रक्षा गरेर सत्तारुढ गठबन्धनले मुलुकलाई ठूलो दुर्घटनाबाट जोगाएकाले पनि जनताले गठबन्धनमा आवद्ध दलका उम्मेदवारहरूलाई जिताउनुपर्ने तर्क समेत गर्नुभयो ।
नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मन्चले गरेको कार्यक्रमले दुई पार्टीका नेता तथा कार्यकतालाई नजिक बनाउने कार्य गरेको कांग्रेस जिल्ला उपाध्यक्ष टंक कार्कीको भनाई छ । उहाँका अनुसार दुई नेता युवराज दुलाल र मोहन बस्नेत बिच गठबन्धनको सहकार्यका विषयमा थप छलफल समेत भएको छ ।
सिन्धुपाल्चोक क्षेत्र नं. २ मा क्षेत्र परिवर्तन गरेर मैदानमा आएका कांग्रेस उम्मेदवार मोहन बस्नेत एमालेका शेर वहादुर तामाङका लागि ठूलो चुनौती बनेका छन् । क्षेत्र नं. २ को प्रदेश सभा (क)मा मन्त्री हुँदा कार्यसम्पादन राम्रो गरेकाले लोकप्रिय बनेका युवराज दुलाल मैदानमा छन् । दुलालको मुख्य प्रतिस्पर्धा माओवादीबाट एमाले प्रवेश गरेका चौतारा साँगाचोकगढी नगरपालिकाका निवर्तमान मेयर अमान सिंह तामाङ संग हुदै छ ।
क्षेत्र नं. १ मा गठबन्धनबाट युवा नेता माधव सापकोटा र एमालेबाट सरेस नेपालबीच मुख्य प्रतिस्पर्धा छ ।

प्रतिक्रिया दिनुहोस्