२०८१ श्रावण १२
                           

केन्यामा बन्धक बनाएको आरोपमा सिन्धुपाल्चोकका ३ जना पक्राउ

बैशाख २८ । अवैध बाटोबाट अमेरिका र क्यानडा पठाउने भन्दै केन्या पु¥याएर ९ महिनासम्म बन्धक बनाएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ४७ वर्षीय टासी शेर्पा, ४२ वर्षीया ङिमबुटी शेर्पा र १९ वर्षीया निमा शेर्पा छन् ।

उनीहरुले सजिलैसँग अमेरिका र क्यानडा पठाइदिने भन्दै प्रतिव्यक्ति ३० लाख रुपैयाँसम्म उठाएका थिए । तर केन्या पु¥याएर ९ महिना सम्म बन्धक बनाए ।त्यहाँबाट फर्किएकाहरुले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यो समूहले १० जना युवालाई अमेरिका पठाउने भन्दै साढे पाँच करोड रुपैयाँ लिएर केन्या पु¥याएर बन्धक बनाएको खुलेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले बताए ।
उनीहरूले अमेरिका जान इच्छुकसँग शुरुमा पाँच लाख रुपैयाँ लिएका थिए । त्यसपछि टिकट, डलर सटही लगायतका शीर्षक देखाउँदै रकम लिइएको पाइएको छ । प्रतिव्यक्ति ५० लाख रुपैयाँसम्म असुलेपछि १० जनालाई केन्या पठाएर बन्धक बनाएको खुलेको एसएसपी भट्टराईले बताए ।

एजेन्टले केन्यामा कोठा सार्दै तीन महिना राखेपछि बल्ल राहादानी फिर्ता दिएका र घरबाट रकम मगाएर फर्किएको पीडितहरूले बताएका छन् । यो गिरोहले अझै झन्डै १५ जना नेपालीलाई केन्यामा बन्धक बनाइराखेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्