२०८० चैत्र १६

उपाध्यक्ष सापकोटा सहित २० सदस्यीय माओवादी प्रतिनिधि मण्डल चीन प्रस्थान

सिन्धुपाल्चोक ,५ वैशाख

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाको नेतृत्वमा २० सदस्यीय माओवादी प्रतिनिधि मण्डल चीन प्रस्थान गरेका छन् ।चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समिति, अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा सापकोटा नेतृत्वको २० सदस्य रहेको प्रतिनिधि मण्डल दुई साता लामो भ्रमणका क्रममा मध्यान्ह चीनका लागि प्रस्थान गरेका हुन ।

भ्रमण टोलीमा पूर्व सभामुख सापकोटासहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आचार्य छन् भने प्रदेश अध्यक्षहरु र केन्द्रीय नेताहरु पनि भ्रमण टोलीमा छन् । उतm टोलीले प्रतिनिधि मण्डलले ल्हासा, राजधानी बेइजिङ र सिहाङ्को मा अवलोकन भ्रमण गरी जेठ १८ गते स्वदेश फर्कने छन् । कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्