२०८१ श्रावण १२
                           

चौसाँगढी नगरपालिकाको आर्थिक सहयोगमा टुङना निमार्ण

बैशाख १९, सिन्धुपाल्चोक । जनजाती ह्योल्मो, शेर्पा र तामाङहरूले प्रयोग गर्दै आइरहेको मौलिक बाजा टुङना लोप हुदै गइरहेकाले संबर्धन तथा प्रवर्धन गर्ने उदेश्यले तालिम आयोजना गरिएको महिला विकास केन्द्रकी उपाध्यक्ष शान्ति थिङ तामाङले  बताइन ।

चौतारा साँगाचोक गढी नगरपालिका भित्रका तामाङ जातिका महिला तथा पुरुषहरु जम्मा ७ जना यस तालीममा सहभागी भएका थिए । चौतारा साँगाचोक गढी नगरपालिको आर्थिक सहयोगमा विभिन्न ठाउँका तामाङहरूलाई चौतारामा टुङना बाजा बनाउने २० दिने तालिम दिइएको हो ।

मंगलबार नगरपालिका मेयर कृष्णप्रसाद सापकोटाले तालिम समापन गरेका थिए । सो अवसरमा बोल्दै मेयर सापकोटाले सबै जातिका साँस्कृतिक कुराहरु संबर्धन गर्ने क्रममा टुङना बाजा निमार्णमा पनि सहयोग गरेको धारणा ब्यक्त गरे ।

उनिहरुलाई प्रशिक्षक पेम्बा लिन्थे शेर्पाले टुङना निमार्ण गर्ने सिप सिकाएका छन् । सो तालिममा चौसाँगढी वडा नं १ का कल्पना तामाङ, वडा नं ५ का मनि रत्न तामाङ , प्रमिला तामाङ, देव दोर्जे तामाङ, अनिता तामाङ, वडा नं ६ का रङग्यूल तामाङ र वडा नं ९ हस्त तामाङ सहभागी थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्