२०८१ श्रावण १२
                           

माओवादी केन्द्रको पार्टी पदाधिकारी बैठकमा महरा पक्राउ परेको विषयमा छलफल

चैत्र ६ । माओवादी केन्द्रको पार्टी पदाधिकारी बैठकमा पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेको विषयमा छलफल भएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपाध्यक्ष महरा पक्राउ परेको सम्बन्धमा छलफल भएको हो ।

छलफलपछि पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले उपाध्यक्ष महरा पक्राउ परेको विषयमा पदाधिकारी बैठकमा छलफल भएको र अर्को बैठक बसेर आवश्यक निर्णय गर्ने बताउनुभयो ।सुन तस्करी प्रकरणमा हिजो महरालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महरालाई पक्राउ गरेर हिरासतमा राख्न अनुमति माग गर्दै हिजो नै जिल्ला अदालतमा पेस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्