२०८१ बैशाख १८

सिन्धुपाल्चोकमा पहिलोचोटि भिक्षा टन कार्यक्रम ; २५ जना भिक्षु सहभागी

बैशाख ५, चौतारा । सिन्धुपाल्चोक जिल्लामा पहिलोचोटि भिक्षा टन कार्यक्रम भएको छ । चौतारामा पहिलो पटक आइपुगेका भिक्षुहरूलाई जनप्रतिनिधि, समाजसेवी, चौतारा बासी, लगायतले चामल, पैसा लगायत आफु खुशी सकेको भिक्षा दान गरेका छन् । बौद्ध धर्मका अनुयायी भिक्षुलाई दान गरेर आत्म शान्ति दिलाउने काममा सहभागी भएको स्थानिय रविन्द्र श्रेष्ठले बताए ।


नेपालमा बौद्ध धर्म सँस्कार, परम्परा भित्रिएको ताका तिब्बत हुदै सिन्धुपाल्चोकबाटनै भित्रिएको किंवदन्ती पाइन्छ । परम्परागत मौलिक सँस्कृति र संस्कारलाई प्रवर्द्धन गर्दै नयाँ पुस्तालाई यसबारे थाहा दिने उदेश्यले भिक्षा टन कार्यक्रम गरिएको श्रेष्ठको भनाई छ ।


उक्त भिक्षा टन कार्यक्रम भक्तपुर मुनि विहारको आयोजनामा सम्पदा संरक्षण गुठी, सिन्धु नेवा खल, म्ह सिका पुचः र भिन् तुना नेवा आमा समूहको समन्वयमा गरिएको सम्पदा संरक्षण गुठीका अध्यक्ष समेत रहेका श्रेष्ठले जानकारी दिए । भिक्षुलाई भिक्षा दान गर्दा पुण्य हुने धार्मिक विस्वास रहेको छ ।


बुधबार चौतारा बजारमा भक्तपुर मुनि विहारका २५ जना भिक्षुहरू आइपुगेका थिए । उनीहरु चौतारा बजारको पारी टोल हुदै बायाँ तर्फबाट भिक्षा दान संकलन गर्दै टुँडिखेल पीपलबोटसम्म आइपुगेका थिए भने दायाँ तर्फका घर तथा पसलहरुमा पनि त्यसैगरी भिक्षा दान संकलन गर्दै सोही स्थानमा पुगेका थिए ।

तस्वीरहरु

प्रतिक्रिया दिनुहोस्