२०८१ बैशाख ६

मन्त्री दुलाल : मन्त्रालयको जिम्मेवारी लिएको पहिलो दिनको कार्य योजना

सिन्धुपाल्चोक ,बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाले बिभिन्न् विकासे कार्यक्रमलाई अघि बढाउने निर्णय  गर्नुभएको छ ।बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै पदभार ग्रहण गर्दै मन्त्री दुलालले बिशेष गरी मानव विकास सूचकांकमा प्रदेशकै सबैभन्दा पछाडि परेको रुबिभ्याली गाउँपालिकामा ुएकीकृत रुबिभ्याली विकास कार्यक्रमुका विभिन्न पूर्वाधार निर्माण ,बजेट अभावले दुई वर्षदेखि निर्माण कार्य रोकिएको खनियाबास र रुबीभ्याली जोड्ने लिङलिङ ग्यापको मोटरेबल पुलको लागि आवश्यक बजेट खनियाबास गाउँपालीकालाई दिने प्रतिबद्धतासहित निर्माण कार्य अगाडि बढाउन सहमति प्रदान गर्ने निर्णय उहाँको छ ।  निर्णयहरु :

मन्त्रालयको जिम्मेवारी लिएको पहिलो दिन आज निम्न कार्य प्रारम्भ भएको छ ।
१. बागमती प्रदेशमा आर्थिक विपन्नताका कारण खरको छाना मुनि बस्न बिबस नागरिकको घरलाई खरको छाना मुक्त बनाउने प्रदेश सरकारको कार्यक्रमलाई कार्यान्वयन प्रक्रिया प्रारम्भ (पहिलो सदर फाईल) ।
२. प्रदेशकै मानव विकास सूचकाङ्कमा सबैभन्दा पछाडि परेको रुबिभ्याली गाउपालिकामा “एकीकृत रुबिभ्याली विकास कार्यक्रम”का विभिन्न पूर्वाधारका कार्यक्रमलाई कार्यान्वयन प्रक्रियाको आरम्भ ।
३. बजेट अभावले दुई बर्ष देखि निर्माण कार्य रोकिएको खनियाबास र रुबीभ्याली जोड्ने लिङलिङ ग्यापको मोटरएबल पुलको लागि आवश्यक बजेट खनियाबास गाउपालीकालाई दिने प्रतिबद्धता सहित निर्माण कार्य अगाडि बढाउन सहमति प्रदान ।

प्रतिक्रिया दिनुहोस्