२०८१ जेष्ठ ८

नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

चैत्र २९, एसियाली विकास बैङ्क (एडिबी) ले आर्थिक वर्ष २०८०÷८१ मा नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।

बैङ्कले आफ्नो प्रकाशन ‘एसियन डेभलपमेन्ट आउटलुक’ (एसियाली विकास परिदृश्य) २०८० सार्वजनिक गर्दै गत आर्थिक वर्ष २०७९÷८० को तुलनामा १ दशमलव ९ प्रतिशतले वृद्धि भइ नेपाली अर्थतन्त्र क्रमशः सुधारको बाटोमा अघि बढेको जनाएको हो ।
यसअघि विश्व बैङ्कले चालु आर्थिक वर्षमा ३ दशमलव ३ प्रतिशतले नेपालको अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण गरेको थियो ।

पछिल्लो ६ महिनामा पुँजीगत खर्चमा तीव्रता दिने नीतिगत व्यवस्थाका कारण अर्थतन्त्र क्रमशः सुधारको दिशामा अघि बढेको बैङ्कले स्पष्ट गरेको छ ।

एडिबी नेपालका प्रमुख अर्थशास्त्री इयान हासिनले गरिबी निवारण, जलवायु परिवर्तन, ऊर्जा क्षेत्रसहित समृद्ध एवम् समावेशी नेपालका पक्षमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्