२०८१ श्रावण १२
                           

एमाले सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण निर्वाचित

चैत २०, सिन्धुपाल्चोक । नेकपा (एमाले) सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ विजयी भएका छन् । प्रतिद्धन्दी कमल नेपाललाई १४ मतान्तरले हराउँदै श्रेष्ठ विजयी भएको हो । श्रेष्ठले ३ सय ६३ मत ल्याउँदा नेपालले ३ सय ४९ मत प्राप्त गरेका हुन् ।

नयाँ नेतृत्वका चयन गर्न भएको मतदानमा कुल ७ सय १३ मत खसेको निर्वाचन मुख्य अधिकृत शारदा प्रसाद साप्कोटाले बताए ।
यसैगरी उपाध्यक्ष पदमा अर्जुन भण्डारी ३ सय ४५ मत ल्याएर विजयी भए । आचार्यले ३ सय ७ मत मात्र ल्याएका थिए । नेपालको समूहबाट उपाध्यक्षमा अर्जुन भण्डारी र श्रेष्ठ समुुहबाट विष्णुमणी आचार्य चुनावी मैदानमा उत्रिएका थिए ।

त्यस्तेै सचिवमा कृष्णगोपाल तामाङले जित हासिल गरे । नेपाल समूहका उनले ४ सय ३ मत ल्याएर विजयी हुँदा श्रेष्ठ समूहका यज्ञराज सापकोटाले २ सय ७० मत ल्याएका हुन् ।

खुला उपसचिवमा शिवहरि सापकोटा र विजयकृष्ण श्रेष्ठले चुनावी स्पर्धा गरेका थिए । जसमा सापकोटाले ३ सय ३६ मत ल्याएर विजयी भए । प्रतिद्धन्दी श्रेष्ठले ३ सय १३ ले मत प्राप्त गरे ।महिलातर्फ सुशीला पाख्रिन ४ सय ५६ मत ल्याउँदै विजयी भईन् । प्रतिद्धन्दी शोभा कार्कीले २०८ मात्रै मत पाईन् ।

१० औ अधिवेशनले १ सय ३ सदस्यीय कमिटी चयन गर्ने भएको छ । पदाधिकारी सहित ४४ पदमा चुनाव भएको निर्वाचन समितिले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्