२०८१ श्रावण १२
                           

न्यौपानेको “हिडिएका पाईलाहरु” पुस्तक लोकार्पण

सिन्धुपाल्चोक , २९ भदौ

पुण्यप्रसाद न्यौपानेको अनुभव र अनुभूति “हिँडिएका पाईलाहरु” पुस्तक लोकार्पण भएको छ ।शुक्रबार काठमाडौ, नयाँ बानेश्वर, थापागाउँ बैंकेटमा उहाँ स्रष्टा न्यौपानेको अनुभव र अनुभूतिहरुको संगालो “हिँडिएका पाईलाहरु” पुस्तक लोकार्पण भएको हो ।सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी ६ पीपलडाँडाका लेखक पून्यप्रासद न्यौपानेले भने आफ्ना  अनुभव र अनुभूतिलाई  लिपिवद्ध गर्दै जिवन्त बनाउने प्रयत्न गर्नुभएको छ ।

धराशायी बनेको स्टाफ कलेजलाई सुधार्ने चुनौती स्वीकादै १० वर्षमा कायापलट गर्नु भएका न्यौपानेले यस पुस्तकमा बाल्यकालका स्मृतिदेखि सानै उमेरमा विधालयको प्रधानध्यापक हुदाँका अनुभवसगैँ जिल्ला शिक्षा अधिकारी तथा जिल्लाकै प्रशासन सञ्चालनका अनेकन पलहरुलाई विविध आयाम पुस्तकमा समेटिएको छ । उहाँको क्षमताकै कारण नेपाल सरकारबाट पटक पटक विभिन्न मानपदविबाट विभूषित उहाँको यो पहिलो गैरआख्यान कृति पनि हो ।

जीवन हिडाईहरुको शृङ्खला हो । हिड्दा हिड्दै, पाईतो सार्दा सार्दै अनेक अनुभव र अनुभूतिका आरोह र अवरोहभित्र जीवनको यात्रा कतै दुखान्त भएर त कतै सुखान्त भएर यात्रारत रहिरन्छ । साहित्यकार बामनप्रसाद न्यौपाने र शंकरप्रसाद कोइरालाले लोकार्पित कृतिमाथि टिप्पणी गर्दै संग्रहमा संग्रहित सामाग्रीहरु कोरा अनुभव र अनुभूतिहरुको चाङ नभई सामाजिक, राजनीतिक, आर्थिक, साँस्कृतिक र प्रशासनीक लगायतका क्षेत्रसँग जोडिएका दस्तावेज भएको बताउनुभयो । अघिल्लो पुस्ताका अनुभव र अनुभूतिले एकातिर वितेको सामाजिक अवस्थाको चित्रण गर्ने र अर्कोतिर आगामी पुस्तालाई सकारात्मक दिशा निर्देश गर्ने टिप्पणीकारद्वयको भनाई थियो । टिप्पणीकार कोइरालाले परिवेश र प्रवृत्ति पुस्तकमा आए पनि पात्र लुकाएकोमा भने दुख व्यक्त गर्नुभयो ।

 

साहित्यपोष्ट प्रकाशक रहेको ” हिँडिएका पाइलाहरु ” को लोकार्पण कार्यक्रममा नेपालका प्रशासनिक सेवा क्षेत्रमा लामो समय कार्यरत पूर्व एवम बहालवाला कर्मचारी, साहित्यकारहरुको बाक्लो उपस्तिथि रहेको थियो। प्रोफेसर कपिल श्रेष्ठ, पुन्यप्रसाद दंगाल, सूर्यनाथ उपाध्याय लगायतले शुभकामना दिएका थिए । कार्यक्रम साहित्यपोष्टका अध्यक्ष अश्विनी कोइरालाको सभाध्यक्षमा भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्