२०८१ श्रावण १२
                           

सिन्धु युएसए वेलफेयर सोसाईटिले सिन्धुपाल्चोकका ५ जनालाई कक्षा १२ सम्म निशुल्क पढाउने

चैत्र १९, सिन्धुपाल्चोक । सिन्धु युएसए वेलफेयर सोसाईटिले ५ जना विद्यार्थीलाई कक्षा १२ सम्म निशुल्क पढाउने भएको छ । शैक्षीक सत्र २०८१ का लागि ५ जनालाई निशुल्क पढाउने भएको हो । सोसाईटी अमेरिकाको ३१ मार्च २०२४ मा कार्यसमीतीको बैठक बसेको थियो । सो बैठकको निर्णय अनुसार नयाँ बिद्यार्थी भर्ना सम्बन्धी सूचना गत माघ महीनामा जारी गरीएको थियो ।

सोे आधारमा परेका आवेदन छानबिनगरी सिन्ध्ुपाल्चोकका विद्यार्थीहरुलाई छनौट गरिएको छ । उनिहरुलाई कक्षा १२ सम्म निःशुल्क पढाउने निर्णय गरिएको सिन्धु युएसए वेलफेयर सोसाईटिका अध्यक्ष सूर्य खड्काले बताए ।उनका अनुसार गरिब, पिछडीएका र जेहेन्दार विद्यार्थीहरुलाई शिक्षाको आभास दिलाउन आउदो शैक्षीक सत्र २०८१ देखी कक्षा संचालन गराउने गरी ५ जना बालबालिकाहरुलाई छनौट गर्ने निर्णय गरीएको हो ।

छनोट भएकाहरु पाँचपोखरी थाङ्पाल गाउपालिका वडा नं २ का वर्ष १४ का अमन स्याङ्बो तामाङ, मेलम्ची नगरपालिका वडा नं ११ का वर्ष ७ का निकेश तामाङ, मेलम्ची नगरपालिका वडा नं ९ का वर्ष १० का कमल पण्डित, हेलम्बु गाउपालिका वडा नं ३ का वर्ष ८ की देबकी कुमारी श्रेष्ठ र बाह्रबिसे नगरपालिका वडा नं ६ का वर्ष ९ का फुन्जो तामाङ रहेका छन् ।

सामाजिक क्षेत्रमा क्रियासिल अमेरीकामा रहेको सिन्धु युएसए वेलफेयर सोसाईटिले प्रत्येक वर्ष सिन्धुपाल्चोक जिल्लाबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई छनौट गरी सम्मान तथा पुरस्कृत गर्दै आईरहेको छ ।हालसम्म संस्थाको पहलमा सिन्धुपाल्चोकका अतिविपन्न १९ बालबालिकालाई निजी विद्यालयमा निःशुल्क अध्ययन गर्ने व्यवस्था मिलाएकोे छ ।

प्रतिक्रिया दिनुहोस्