२०८१ श्रावण १२
                           

चौतारामा एड्भान्स गलैचा बुनाई तालिम सुरु

बैशाख २३, सिन्धुपाल्चोक । चौतारामा एड्भान्स गलैचा बुनाई तालिम आइतबारदेखि सुरु भएको छ । एक महिने तालिमको चौतारा साँगाचोक गढी नगरपालिकाको मेयर कृष्ण प्रसाद सापकोटाले   उद्घाटन गरेका हुन ।

तालिममा स्थानिय २० जना सहभागी भएका छन । यस तालिम चौतारा गार्मेन्टमा संचालन गरिएको छ ।

सो कार्यक्रममा  उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख विश्वनाथ काफ्ले, वडा नं ५ का वडाध्यक्ष शिव श्रेष्ठ लगायतको  उपस्थिति रहेको थियो ।

तालीम उत्घाट्न स्वाभिमानी बहुउद्देश्यीय सहकारीको अध्यक्ष हरी बिश्वकर्मको सभाध्यक्षतामा  भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्