२०८१ श्रावण १२
                           

पर्यटकियस्थल शेर्माथाङमा हाइ अल्टिच्युड भलिबल प्रतियोगिता हुने

चैत १४, सिन्धुपाल्चोक जिल्लाको हेलम्बुमा हाइ अल्टिच्युड भलिबल प्रतियोगिता हुने भएको छ । २५ सय मिटरको उचाईमा ३ लाख पुरस्कार राशीको प्रतियोगिता हुन लागेको हो । प्रदेशस्तरीय अन्तरपालिका अध्यक्ष कप पुरुष र महिला भलिबल प्रतियोगिता गर्न लागिएको हो । सो खेल हेलम्बुको पर्यटकियस्थल शेर्माथाङमा हुनेछ ।

पालिकाले खेल पर्यटन प्रवर्द्धन गराउने उद्देश्यले प्रतियोगिता गर्ने भएको हो । हाइ अल्टिच्युड भलिबल प्रतियोगिता २०८० चैत्र २३ देखि ३० गतेसम्म हुनेभएको छ ।

सुरुमा पुरुषतर्फको प्रतियोगिता चैत्र २३ देखि २६ गतेसम्म हुनेछ । यसैगरी चैत्र २७ गतेदेखि ३० गतेसम्म महिलातर्फ भलिबल प्रतियोगिता हुने पालिकाले जनाएको छ ।

खेलमा प्रथम हुने महिला तथा पुरुषको टिमले रु. ३ लाख, ट्रफी, मेडल र प्रमाण–पत्र पुरष्कार पाउनेछ ।यसैगरी क्रमश द्वितीय पुरस्कार रु. १ लाख ५० हजार र तृतीय पुरस्कार रु. ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

उत्कृष्ट स्पाइकर, उत्कृष्ट सटर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट ब्लकर र उत्कृष्ट खेलाडीहरुलाई ट्रफी, मेडल, प्रमाण–पत्र दिइने आयोजकले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्