२०८१ श्रावण १२
                           

नेपालले बरोडालाई २७ रनले हरायो

चैत्र २०,काठमाण्डौ । भारतमा चलिरहेको एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा नेपालले बरोडालाई २७ रनले हराएको छ ।नेपालले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको बरोडाले २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रन मात्र बनाउन सक्यो । बरोडका भानु पानियाले ३८, बाबा खानले २७ रन बनाए ।

बलिङतर्फ नेपालका करण केसीले ३ तथा सोमपाल कामी र अबिनाश बोहराले समान २ विकेक लिए ।यसअघि गुजरातको वापीमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनायो । नेपालका कुशल मल्लले सबैभन्दा धेरै नट आउट ४२ रन बनाए । यस्तै सन्दीप जोराले २९ रन बनाए ।

बलिङतर्फ बरोडका बाबा खानले २ विकेट लिए । टी–२० क्रिकेट शृङ्खलामा भोलि नेपाल र गुजरात तथा चैत २३ गते नेपाल र बरोडाबीच खेल हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो । फाइनल खेल चैत २५ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्