२०८१ श्रावण १२
                           

सेलाङमा रङ्गशालाकाे निर्माण कार्य शुरु

चाैतारा ,२चैत
सिन्धुपाल्चोककाे जुगल गाउँपालिकामा वडा नम्बर १ सेलाङमा मिनि रंगशाला निर्माण कार्य शुरु भएको छ ।

याे रङ्गशाला चतुर्भुज आकारको खेल मैदान १सय५० मिटर लम्बाई र ७५ मिटिर चौडाइकाे हुने छ।

गाउँ पालिका स्तरीय खुल्ला मञ्च खेल मैदान फिलिङ गर्न थालिएको जुगल गाउपालिका अध्यक्ष रेशम स्याङ्बाेले बताउँनुभयाे।

रंगशाला निर्माणका लागि जुगल गाउँ पालिकाले नियमित बजेट बिनियोजन गर्ने गरि अर्थिक वर्ष ७९/८० मा २२ लाख बजेट विनियोजन गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्