२०८२ कार्तिक २३

जेन जेड रेड फोर्स सिन्धुपाल्चोकको संयोजकमा सुप्रिन्स कसजु

नेकपा माओवादी निकट जेन जेड रेड फोर्स सिन्धुपाल्चोकको संयोजकमा सुप्रिन्स कसजु मनोनीत भएका छन् । अखिल क्रान्तिकारीमा सक्रिय कसजुलाई थप जिम्मेवारी सहित रेड फोर्स सिन्धुपाल्चोकको संयोजकमा मनोनीत गरिएको छ ।

पछिल्लो समयमा माओवादी पार्टीभित्र रुपान्तरण र माओवादी आन्दोलन सदृढीकरणको अभियान सहित देशभर रेड फोर्स सक्रिय भएको छ । रेड फोर्सले पार्टीभित्र रहेको अवसरवाद, नातावाद र कृपावाद विरुद्ध संघर्ष गर्दै जेन जेड पुस्तालाई पार्टी नेतृत्वमा विकास गर्ने अभियान अञ्चालन गर्दै आएको छ । यही अभियान अन्तर्गत गाँउ वस्तीमा जेन जेड फोर्सका नेतृत्वहरु परिचालन भएका छन् ।

 

-बि.बि.सि २१ बाट

प्रतिक्रिया दिनुहोस्