२०८१ श्रावण १२
                           

आज होली पर्व मनाइँदै

चैत्र ११, चौतारा । आज सिन्धुपाल्चोक जिल्ला लगायत पहाडी र हिमाली क्षेत्रमा फागु अर्थात् होली पर्व मनाइँदैछ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने प्रचलन छ ।

हिरण्यकशिपुले बहिनी होलिकालाई दन्कि रहेको आगोमा छोरा प्रल्हाद सहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने सकुशल निस्केको प्रसङ्ग पुराणमा उल्लेख छ ।

शक्तिको दुरुपयोग गर्ने होलिका मारिएको भन्दै होलिका दहन भनी चीरदाह गरेर आपसमा रङ्ग, अबीर लगाएर खुशीयाली मनाएर होली खेल्ने परम्पराको शुरुवात भएको मानिन्छ ।

वसन्त ऋतुको आगमनसंगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाउने गरिन्छ । आज पहाडी क्षेत्रमा र भोलि तराईका जिल्लामा होली मनाइन्छ ।सरकारले आज पहाडी र हिमाली क्षेत्रमा सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्