२०८१ श्रावण १२
                           

सुस्ताएका कलाकार पुन जागरुप हुदै

विश्वब्यापी कोरोना भाईरसका कारण नेपालमा धेरै संघ संस्थाहरु पलायन भए । धेरैका रोजीरोटी खोसियो । धेरै नेपालीले परदेशी भुमिमा आफनो श्रम बेच्न बाध्य भए । जुन क्रम आज पनि निरन्तर छ । धेरैका जीवकोपार्जन गर्ने सटरहरु बन्द भए । सर्यौ कर्मचारी भएका गैर सरकारी संस्थाहरु सिमित कर्मचारीमा संस्थाको अस्तित्व राख्नको लागि मात्रै भएपनि रहिरहे । कोरोना महामारीको चपेटामा परेर सुस्ताएको कलाकारहरुको एउटा संस्था हो आवाज आर्ट क्रिएशन , जसले देशका बिभिन्न गाँउ गाँउमा पुगेर सामाजिक बिषयमा हरेक नागरिककलाई सुसुचित गराउने काम गर्यो । नागरिकका आवाज नाटक,कविता,गित संगितबाट निरन्तर बोलिरहयो । सिन्धुपाल्चोक जिल्लाका कलाकारहरुको बाहुल्यता रहेको आर्ट क्रिएशनमा, एक समय १५ जना भन्दा बढि कलाकारहरु नियमित रोजगारकै रुपमा काम गरिरहेका थिए । जब बिश्वब्यापी कोरोना भाईरस आयो । त्यो संगै मानिस, मानिसहरु संगै डराउने अवस्थाको सिर्जना भयो । भेला हुने, जमघट हुने क्रम बन्द भयो । मानिसहरु घरभित्रै बन्द हुने अबस्था आयो । सरकारले कफर्युको घोषण गर्यो । देश ठप्प भयो । सडक सुनसान रहयो । सडक नाटक मार्फत नागरिक सुसुचित गराईरहेको आवाज आर्टको गतिबिधी पनि ठप्प भयो । “धेरै कलाकारहरु तिरवितर भए । कोहि साथीहरु बिदेश लागे ,कसैले घर गृहस्थी सम्माले ,कसैले आफनो सिर्जनाहरु डिजिटल प्याटफर्ममा बेच्न थाले” । बिगतको अनुभव सुनाउदै आर्ट क्रिएशनका अध्यक्ष नवराज गजुरेलले भने “हामीले अहिले नेपालको शैक्षिक अबस्था र अबको शैक्षिक क्रियाकलापलाई बदल्न सकेनौ भने देशका कर्णधार भनिएका बिद्यार्थी भाईवहिनीहरु गलत दिशामा जान सक्छन, जसलाई रोक्न शिक्षा क्षेत्रमा काम गरिरहेका हरेक निकाय जिम्मेवार बन्नुपर्छ । अब सुधारको आवश्यकता छ । आवाज आर्ट क्रिएशनको लगानीमा निमार्ण गरिएको शैक्षिक चलचित्र निमार्ण सम्पन्न गरेर प्रर्दशनको तयारीमा लाग्दै गर्दा कोरोना महामारी आयो । फिल्म चलाउन सकिएन देशनै ठप्प भयो । एक अर्थमा भन्दा हाम्रो लगानी त डुब्यो नै , जुन सिन्धुपाल्चोकमा हामीले शैक्षिक क्रियाकलापमा थोरै भएपनि परिवर्तन हुन्छ । जसको प्रभाव अन्य जिल्लाहरुमा समेत हुन्छ भन्ने आशा सपना देखेका थियौ त्यो हुन सकेन ।र त्यसलाई त्यतिकै थन्काएर राख्ुपर्ने अबस्था आयो । बनेको ५ बर्ष पछि पुन स्थानिय तहहरुको सहकार्यमा यसलाई प्रदर्शन गर्ने योजना त भैरहेकै छ । समय परिवर्तनशिल छ , अलिक ढिला त भयो नै, तर त्यसको प्रभावकारीता आजका दिन सम्म पनि घटेको छैन भन्ने लाग्दछ” ।
२०७३ साल कार्तिकमा सिन्धुपाल्चोकका दुई सक्रिए रगंकर्मी नवराज गजुरेल र कृष्ण प्रसाद धिताल (धिताल चिरिच्याँट्ट) अग्रसरतामा दर्ता भएको संस्थामा आजका दिनसम्म सयौ कलाकारहरु समाबेश भसकेका छन । आवाज आर्टले उत्पादन गरेका कलाकारहरु राष्ट्रिय स्तरमा चर्चा कमाउन समेत सफल भएका छन ।
“कोरोना महामारीले थलिएको आवाज आर्ट क्रिएशन अब पुन जुरमुराएर उठेको छ । अब हामी पुन नागरिकलाई आफनो सिर्जना माफर्त सुसुचित गराउने काममा फर्किसकेका छौ । त्यसको शुरुवात सिन्धुपाल्चोकबाट भैसकेको छ । जुगल गाँउपालिका संगको सहकार्यमा हामीले सामाजिक बिकृतीका बिरुद्ध कानुनी सचेतना सडक नाटक अभियान सफल बनाईसकेका छौ” । क्रिएशनका निर्देशक कृष्ण प्रसाद धितालले भने “जुगलमा हामी गाँउ गाँउ बस्ती बस्ती पुगेर देशमा संघियता आए संगै स्थानिय सरकार न्यायिक समितीले गर्ने कामहरुको बारेको सुचना घर घरमा पुर्याउन सफल भयौ । जुन कार्यको प्रभावकारिताले अहिले चौतारा साँगाचोकगढी नगरपालिकाका पाँच माध्यमिक बिद्यालयमा भखरै सम्पन्न त्यो कार्यक्रम भएको छ” । देशमा संघियता लागु भए संगै गाँउ गाँउ सिहंदरबारको नारा आयो । नागरिककले आफनै स्थानिय सरकारबाट बिभिन्न सेवा सुबिधाहरु पाउन थाले । स्थानिय सरकारले आफनै नियम कानुन बनाएर नागरिककलाई सेवा दिने योजना बुनिरहदा ति कुराहरुको जानकारी अहिले पनि तल्लो स्तरमा पुग्न सकेको छैन । नयाँ नियम कानुनका बारेमा भुईमा रहेका नागरिकहरुलाई बुझाउन स्थानिय सरकार सफल भएको देखिदैन । जसको कारणले सामान्य समस्याहरु हुदा नागरिकहरुले हैरानी र अनावश्यक पैसा खर्च गरिरहेका छन । यसैको न्युनिकरण र स्थानिय सरकारले गरिरेहेका काम, दिने सेवाको बारेमा आवाज आर्ट क्रिएशन प्रा. ली ले स्थानिय सरकार र नागरिक बिचको पुलको काम गरिरहेको छ । नाटक जस्तो प्रभावकारी माध्यम बाट आम नागरिकलाई बिभिन्न बिषयमा आवाज आर्ट क्रिएशन संग जोडिएर नागरिकलाई सुसुचित गराउन पाउनु हाम्रो लागि राम्रो अबसर हो लोक गायक सुरेन्द्र गिरीको अनुभव छ । भखरै आवाज आर्ट क्रिएशन संग जोडिएकी नुवाकोटी कलाकार पार्वती गिरिलाई आवाजको टिम आफनै घर जस्तो लाग्छ ,उनी भ्न्छिन आवाज आर्टका कलाकारहरु संग धेरै कुराहरु सिक्न सकिन्छ । उहाँहरुले लामो समय देखि काम गरिरहनु भएको अनुभब मात्रै सुन्दा पनि कयौ पुस्तक पढे बराबरको ज्ञान पाईन्छ । आवाज आर्ट संग जोडिएका सम्झना आचार्य, नविन काफ्ले,पार्वती गिरि,ललिता श्रेष्ठ,रोहित कार्की, मनोज खडका लगायतका कलाकारहरु पुन सक्रिय रुपमा कलाकारितामा फर्किएका छन । बागमती प्रदेशको प्राय सबै जिल्लामा पुगेर कार्यक्रम प्रस्तुत गरिसकेको आवाज आर्ट क्रिएशनलाई बिभिन्न जिल्लाहरुबाट पुन सक्रिए भएर लाग्न सुझाव बिभिन्न समाजिक संजाल मार्फत आईरहेको निर्देशक धितालको कथन छ । बिभिन्न संघ संस्था स्थानिय सरकार र प्रदेश सरकारको सहकार्यमा भुई मान्छेको आवाज अनि सरकारको आवाज बोलिरहेको आवाज आर्ट क्रिएशनको सक्रियता पुन पुरानै अबस्थामा फर्किन जरुरी छ । सुचनाको प्रभावकारी माध्यम नाटकलाई बस्ती बस्ती पुर्याएर सरकारका काम योजना,सेवा सुबिधाका बारेमा आम नागरिकलाई जानकारी दिनको लागि पनि सरकार र नागरिकको विचमा पुलको काम आवाजले गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्