२०८१ माघ ३
                           

ईष्टपोईन्ट एकेडेमीमा चलचित्र एप्रोनको पहिलो सार्वजनिक प्रदर्शन

कलाकार कृष्णप्रसाद धिताल ( धिताल चिरिच्याँट्ट) ले निर्माण गरेको लघु चलचित्र “एप्रोन” हेलम्बु गाँउपालिका वडा ४ मा अवस्थित ईष्टपोईन्ट एकेडेमीमा पहिलो सार्वजनिक प्रदर्शन गरिएको छ ।

हाम्रो सामाजिक वातावरणले बालबालिकाहरुको मनोविज्ञानमा कसरी प्रभाव पार्छ , हामीले विद्यालय या घरमा गर्ने ब्यवहार बाट बालवालिकाहरुमा कसरी परिवर्तन आउछ र सकरात्मक वातावरणले उनीहरुको सोचमा कसरी परिवर्तन आउछ भन्ने लगायतका विषय फिल्म रहेको निर्देशक धितालले जानकारी दिनुभयो ।

फिल्म प्रदर्शनी पश्चात् विद्यालयका प्रधान्याध्यापक दामोदर भारतीले फिल्मले विद्यार्थी भाईवहिनीहरुमा सकरात्मक सन्देश गएको बताउनु भयो । सिन्धुपाल्चोक जिल्लामा गत सईईको रिजल्टमा जिल्लाका टप 10 विद्यार्थी मध्ये ५ जना यसै विद्यालयका भाईवहिनीहरु रहेका थिए । भुकम्प ,मेलम्ची बाढी लगायत प्राकृतिक प्रकोपबाट प्रताडित रहेको यस विद्यालयबाट नै फिल्म प्रदर्शनीको शुरुआत गर्ने योजनाका साथ पहिलो शो शुरु गरिएको धितालको कथन छ ।

यस फिल्मलाई स्थानीय तह , निजी संघ ,संस्था विद्यालयहरु संग सहकार्य गरि बागमती प्रदेश भरि प्रदर्शन गर्ने योजना रहेको धितालले जानकारी दिए । चलचित्र एप्रोन बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय संचार रजिस्ट्रारको कार्यलयबाट प्रोत्सान स्वरुप सहकार्यमा निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्