२०८१ श्रावण १२
                           

ग्रामिण पत्रकारिता पुरुस्कार रेडियो मेलम्चीलाई

साउन १४— इन्जा अन्तर्राष्ट्रिय ग्रामीण पत्रकारिता पुरस्कारबाट सिन्धुपाल्चोकको सामुदायिक रेडियो,रेडियो मेलम्ची पुरस्कृत भएको छ । सुचना तथा सन्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एक कार्यक्रम बिच रेडियोका संस्थापक अध्यक्ष सरोज ढुंगानालाई पुरस्कार वितरण गर्नुभयो ।
नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल इन्जाले यस बर्षको इन्जा ग्रामीण पत्रकारिता पुरस्कार सप्तरीकी दीपा कर्ण र सिन्धुपाल्चोकको मेलम्ची रेडियोलाई प्रदान गरेको छ।

इन्जा निर्णायक मण्डलले पचास –पचास हजार राशी सहित पत्रकार कर्ण र मेलम्ची रेडियोलाई प्रदान गरेको हो ।

ग्रामीण आवाजलाई उजागर गर्ने उद्धेश्यले २०६९ सालमा सिन्धुपाल्चोकको मेलम्चीबाट प्रसारणमा आएको रेडियो मेलम्ची १०७.२मेघाहर्जले उक्त पुरस्कार प्राप्त गरेको हो ।

त्यसैगरी एक लाख राशीको सहितको इन्जा खोजी पत्रकारिता पुरस्कार पत्रकार गजेन्द्र बुढाथोकीलाई , पचास–पचास हजार राशी सहितको इन्जा वौद्धिक पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार कपिल काफ्ले र त्रिभुवन विश्वविद्यालय आमसंचार तथा पत्रकारिता विभागका उपप्राध्यापक देवराज अर्याललाई प्रदान गरेको इन्जाले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्