२०८१ श्रावण १२
                           

कृषिमा आत्मनिर्भर बनाउने याेजनामा छाैँ-  मेयर सापकोटा

निर्मल बस्नेत
(२४ जेठ २०८०)चाैतारा सागाचाेकगढी नगरपालिका वडा नम्बर ४ कुबिण्डेमा करिब १६ कराेडमा निर्माण हुन लागेकाे चिस्यान केन्द्रकाे उद्घाटन गर्दै नगरप्रमुख (मेयर) कृष्णप्रसाद सापकोटा (देशबन्धु) ले बहुसंख्यक मानिसहरु कृषिमा आसृत रहेकाेले कृषिमा आत्मनिर्भर बनाउने याेजनामा नगरपालिकाले याेजना निर्माण गरिरहेकाे बताएका छन् ।

चाैतारा सागाचाेकगढी नगरपालिका ४ कुबिण्डेकमा निर्माण हुदै गरेकाे चिस्यान केन्द्रकाे भवनकाे सिलान्यास गर्दै नगरप्रमुख सापकोटाले नगरकाे गाैरबकाे याेजनाकाे रुपमा अघि सरिएकाे तर्क गरेका छन्  । उनका अनुसार  चाैतारा,बलेफी र जुगल गाउपालिकाे कृषिजन्य उत्पादनलाई भण्डारण गरि उपयाेग गर्न सकिने चिस्यान केन्द्रकाे निर्माणका लागि निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा र सांसद माधब सापकोटा सुवाेधकाे समेत परिकल्पना भित्रकाे याेजना रहेकाे बताए ।

उनले नगरले अघि सारेकाे गाैरबकाे याेजनाहरुमध्ये चिस्यान केन्द्र पनि एक भएकाे टिप्पणी गरेका छन्  । उनले भनेका छन् लामाे बिचार मन्थनपछि याे याेजजा निर्माण भएकाे हाे । यसलाई कार्यनयन गर्ने सन्दर्भमा सम्वन्धित पक्ष र सराेकारवालाहरुकाे मूख्य जिम्मेवारी र दायित्व रहने बताएका छन् ।

नगरप्रमुख सापकोटाले चाैतारा साँगाचाेकगढी नगरपालिकाकाे गाैरवकाे याेजनामा हामीले समाबेश गरेका छाै । आगामी दिनमा संघ र प्रदेश सरकारमा बाँकी काम पुराकाे लागि नगरले सिफारिस गरि पठाएकाे तर्क गरेका छन् । उलका अनुसार हाल चाैतारा साँगाचाेकगढी नगरपाालिकाले छुट्टयाइएको २ कराेड ५० लाख रकममा नगरपालिकाले गरेकाे ठेक्का आह्वानमा  २ कराेड २ लाख २६ हजार ७०९ रुपैया ३९ पैसामा  मालिकादेबी बिल्डर्स प्रा.लि. ले पाएकाे हाे ।  उक्त कम्पनीले २०८० बैशाख ३० मा ठेक्का सम्झौता गरि कार्य प्रारम्भ गरि २०८० माघ ३० मा निर्माण सम्पन्न गर्ने जिम्मेवारी पाएकाे छ ।

चिस्यान केन्द्र निर्माण पछि चाैतारा बलेफी र जुगलका कृषकहरुले उत्पादन गरेकाे कृषिजन्य बस्तुकाे भण्डारण तथा बिउकाे सुरक्षण गर्न मद्दत पुग्नेछ । सिलान्यास कार्यक्रम कुबिण्डे दुग्ध सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेम प्रसाद सापकोटाकाे अध्यक्षतामा भएकाे हाे । उक्त कार्यक्रममा नगरपालिका इन्जिनियर बिकास श्रेष्ठ , कृषि तथा राेजगार शाखा प्रमुख चिरञ्जीवी कट्टेल, निर्माण व्यवसायी टंकप्रसाद दुलाल, जग्गादाता, समाजसेवी  र स्थानीय कृषि पेशामा आवद्ध स्थानीय उत्पादक तथा उपभोक्ताहरुकाे सहभागीता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्