२०८१ श्रावण १२
                           

लिसंखुपाखरले निःशुल्क सीप विकास तालिम संचालन गर्ने

सिन्धुपाल्चोक,२४ माघ – लिसंखुपाखर गाउँपालिकाले निःशुल्क सीप विकास तालिम संचालन गर्ने भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा गाउँपालिकाले मखुण्डोरटुङ्ना र थाङ्का बनाउने प्रशिक्षण दिन लागेको गाउँपालिकाले जनाएको छ । मंगलबार पालिकाले एक सुचना प्रकाशन गर्दै गाउँपालिका भित्रका तालिम लिन इच्छुक नागरिकहरुलाई निवेदन पेश गर्न अनुरोध गरेको हो ।

तालिममा सहभागी हुन इच्छुक पालिकाबासीले सूचना प्रकाशन भएको मितिले सात दिन अर्थात फागुन १ गते भित्र आवश्यक कागजात सहित निवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । १८ वर्ष पुरा भइ ४५ वर्ष ननाघेका शारीरिक र मानसिक रुपमा स्वस्थ नागरिकले तालिम लिन सक्नेछन् ।

थाङ्काको प्रशिक्षण २५ दिन र मखुण्डो तथा टुङ्नाको प्रशिक्षण १० दिनसम्म चल्ने छ । तालिम लिन चाहने लिसंखुबासीले विषय खुल्ने गरि लिखित निवेदन,नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, विबाहितको हकमा विबाह दर्ताको प्रतिलिपि र पासपोर्ट साईजका दुईप्रति फोटो पेश गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्