२०८१ श्रावण १२
                           

मोटर साइकल दुर्घट्ना हुदा २३ वर्षिय युवतीको मृत्यु

बैशाख ३०, सिन्धुपाल्चोक । आइताबार चौतारा साँगाचोक गढी नगरपालिका ८ स्थित जल्कीनी घुम्तीमा दम्पती सवार मोटर साइकल दुर्घट्ना हुदा एक युवतीको ज्यान गएको छ ।

चौतारा तर्फ आउदै गरेको बागमती प्रदेश ०२-००६ प ९५३९ नं को मोटर साइकल पछाडी सवार २३ वर्षिय इन्दिरा अधिकारीको मृत्यु भएको हो । उनको श्रीमान मोटर साइकल चालक सन्तोष दुलाल घाइते भएका छन् ।

उनिहरु चौतारा साँगाचोक गढी नगरपालिका ७ सानोसिरुवारीका हुन् । घट्नाको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्