२०८१ श्रावण १२
                           

नवनिर्वाचित जनप्रतिनिधी स्वागत तथा निवर्तमान जनप्रतिनिधी र स्वास्थ्य चौकी व्यवस्थापन समितिको विदाई गरियो

जेठ २० — जुगलमा नवनिर्वाचित जनप्रतिनिधी स्वागत तथा निवर्तमान जनप्रतिनिधी र स्वास्थ्य चौकी व्यवस्थापन समितिको विदाई कार्यक्रम सुक्रबार सम्पन्न भयो । जुगल गाउँपालिका वडा नं ६ का पूर्व अध्यक्ष जंग तामाङको अध्यक्षतामा गाउँपालिका अध्यक्ष रेशम स्याङबोको प्रमूख अतिथ्यतामा र उपाध्यक्ष हिमाल कुमार श्रेष्ठको बिशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
स्वास्थ चौकिको व्यवस्थापन तथा संचालन समित गठनको लागि बोलाईएको भेलाले वडा अध्यक्ष टंक तामाङको अध्यक्षतामा ७ सदस्यीय हगाम स्वास्थ्य चौकी व्यवस्थापन तथा संचालक समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा कविता माया श्रेष्ठ र सदस्य सचिवमा स्वास्थ्य चौकी प्रमूख सुस्मिता तामाङ छन । गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले भेलामा बोल्दै सातै वडामा अव सामान्य रोगको उपचारका लागि बजार क्षेत्रमा जानु नपर्ने गरी पुर्वधारको विकास तथा स्वास्थ चौकिमा आवश्यक पर्ने उपकरणको व्यवस्था मिलाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्