२०८१ श्रावण १२
                           

हेल्पिङ ह्यान्डद्वारा बाह्रविसेमा कपडा बैंक सूचारु

बाह्रविसे/ हेल्पिङ ह्यान्डले ”जाडोलाई न्यानो अभियान हेल्पिङ ह्यान्डको साथ ” भन्ने नाराका साथ बाह्रविसे नगरपालिकामा कपडा बैंक सूचारु गरेकाे छ ।

बार्हबिसे बजारवाट कपडा संकलन गरि विभिन्न बिकट क्षेत्रका बिपन्न परिवारलाई बितरण गर्ने मुल उदेश्यले सुरु गरिएको कपडा बैंक हेल्पिङ ह्यान्डको अभियान्ता गणेश प्रधानले जानकारी दिनुभयाे।

हेल्पिङ ह्यान्डले बिगतका केही बर्ष देखि लत्ताकपडा लगायत खेलकुद सामाग्री र अध्ययन सामाग्री बितरण गर्दै आईरहेकाे छ ।

साथै आगलागी पीडितलाई राहत र स्वास्थ्य सिबिर र गरिव बिपन्नहरुलाई उपचारमा सहयोग पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्