चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सोमबार पाठेघरको मुखको क्यान्सर सम्बन्धि प्रारम्भिक जाँच एवं मोतियाविन्दु (आँखा सम्बन्धि ) १ दिने स्वास्थ्य शिविर वडा नं २ बतासे आधारभुत स्वास्थ्य सेवा केन्द्रमा सम्पन्न भएको छ । उक्त शिविरमा १ सय ६३ जना वडाबासिहरुले सेवा लिएका छन् ।
जसमध्ये महिला १ सय २४ जना र पुरुष ३९ जना रहेका थिए । शिविरमा पाठेघरको मुखको क्यान्सर सम्बन्धि प्रारम्भिक जाँच ५१ जनाले गरेका थिए । भने २ जना महिलाहरुमा आङ खस्ने समस्या देखिएको छ । जसमध्ये २ जनालाई क्यान्सरका लक्षण देखिएकोले विरामीलाई थर्मकोगुलेसन प्रविधिबाट उपचार गरिएको जनस्वास्थ्य अधिकृत दिनेश नेपालले जानकारी दिए ।
त्यसैगरी १ सय १६ जनाको आँखा परीक्षण भएकोमा ८ जनालाई मोतियाविन्दु भएको पाइएको जनस्वास्थ्य अधिकृत नेपालले बताए । यीमध्ये पनि १ जनाको दुवै आँखामा मोतियाविन्दु देखिएको छ । फागुन १५ गतेदेखि क्रमश प्रत्येक वडाको तोकिएको स्वास्थ्य संस्थाहरुमा निशुल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालन भएको हो ।
फागुन २१ गते भोली वडा नं १० जल्किने स्वास्थ्यचौकीमा शिविर हुनेछ । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाले मोतियाविन्दु भएकाहरुलाई नगरपालिकाले आयोजना गर्न लागेको निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविरमा सेवा लिन आग्रह गरे ।
शिविरमा पहिचान भएका मोतियाविन्दु विरामीहरुलाई नगरपालिकाको आयोजना र नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोगमा फागुन २०,२१ र २२ गते निशुल्क शल्यक्रिया गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्