२०८१ श्रावण १२
                           

सिन्धुपाल्चोक क्रान्तिकारीद्वारा स्ववियु निर्वाचितलाई सम्मान

सिन्धुपाल्चोक ,२५ चैत

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी यूनियन (क्रान्तिकारी) ले गत चैत ५ गते सम्पन्न स्वतन्त्र विध्यार्थी युनियनको चुनावमा निर्वाचित विध्यार्थीलाई सम्मान गरेको छ ।

संगठनले जिल्ला समन्वय समितिको बैठकको अवसर पारेरआफ्नो संगठनको तर्फबाट उम्मेद्वार बनेर विजयी हासिल गरेका ४ जना स्ववियु सभापति सहित पदाधिकारी र सदस्यहरुलाई सम्मान गरेको हो ।

स्ववियु निर्वाचनमा जिल्ला प्रथम भएको संगठको तर्फबाट जिल्लाका ४ क्याम्पसमा सभापति सहित २२ जना पदाधिकारी र २३ जना सदस्य निर्वाचित भएका छन् । जिल्लामा रहेका १२ क्याम्पसहरुमा १० वटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचन भएको थियो ।

साथै बैठकले स्ववियुसँग समन्वय गरेर कार्यक्रमहरु तय गर्नको लागि उपाध्यक्ष प्रविण चौलागाईको संयोजकत्वमा ३ सदस्यीय स्ववियु समन्वय समिति समेत गठन गरेको छ ।जिल्ला अध्यक्ष क्षितिज तामाङको अध्यक्षतामा सम्पन्न भएको हाे।

प्रतिक्रिया दिनुहोस्