२०८१ श्रावण १२
                           

मैत्रीपूर्ण फूटबलको उपाधी लायन्सलाई

चौतारा । लायन्स क्लब अफ काठमाडू सिन्धु चौतारा सिटीले मैत्रीपूर्ण फूटबल प्रतियोगिताको उपाधी जित्न सफल भएको छ ।
शुक्रबारबाट जारी मैत्रीपूर्ण फूटबल प्रतियोगिताको फिनालेमा शिक्षक महासंघ र लायन्स क्लब भिडेको थियो ।

लायन्सका जर्सी न १० का खेलाडी गणेश कटुवालले गरेको १ गोल नै अन्तत निर्णायक गोलको रुपमा परिणत भयो । शिक्षक महासंघले गोल गर्ने प्रयत्न गरे पनि क्लबका गोलरक्षकले हरेक प्रहारलाई असफल बनाइ दिएका थिए ।विजयी खेलाडीलाई चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले ट्रफी, प्रमाणपत्र र नगद हस्तान्तरण गर्नु भएको थियो ।

आपसी सम्बन्धलाई प्रगाढ बनाउदै नयाँ पुस्तालाई खेलप्रती आकर्षण गर्ने उदेश्यले क्लबले विगत बर्षबाट मैत्रीपूर्ण फूटबल प्रतियोगिता गर्दै आएको छ ।शुक्रबार र शनिबारको दुई दिवसीय प्रतियोगितामा नेपाल पत्रकार महासंघ, चौतारा स्पोर्टिङ क्लब, भेट्रान ग्रुप, बैंक तथा वित्तीय संस्था र कर्मचारी मिलन केन्द्रको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्