२०८१ श्रावण १२
                           

नगर स्तरीय निबन्ध प्रतियोगिता  सम्पन्न

नगर बाल सञ्जालको आयोजनामा नगर स्तरीय निबन्ध प्रतियोगिता  सम्पन्न भएको छ । शुक्रबार भएको नगर बाल सञ्जाल द्वारा आयोजित उक्त प्रतियोगितामा नगर भरिको २२ माध्यमिक विद्यालय मध्य १४ विद्यालय सहभागी भएका थिए ।

१४ विद्यालय मध्य उक्त प्रतियोगितामा श्री कुन्दला माध्यमिक विद्यालय  प्रथम , श्री ज्ञान मन्दिर नमुना माध्यमिक विद्यालय  दृितीय र जन विकास माध्यमिक विद्यालय तृतीय हुन सफल भएका छन् ।

नगर बाल सञ्जाल अध्यक्ष सुजन श्रेष्ठ अध्यक्षतामा सञ्चालित पुरस्कार तथा प्रमाण पत्र वितरण कार्यक्रममा प्रमुख अतिथि चोैतारा साँगाचोकगढी नगरपालिका उप प्रमुख सीता थापा  र वडा नं १३ का अध्यक्ष राम प्रसाद गोैतमकाे   विशेष अतिथि रहेकाे थियाे ।

प्राविधिक शिक्षा आजको आवश्यकता शिर्षक को उक्त निबन्ध लेखन प्रतियोगिता ले विद्यार्थीहरूलाई प्रविधिक शिक्षाको महत्त्व को बोध गराउनु साथै रचनात्मक सिपको समेत विकास गराउने छ भन्ने अपेक्षा नगर बाल सञ्जाल परिवारले राखेको छ।

भावी दिनहरूमा  नगर बाल सञ्जाल सक्रिय रूपमा बालबालिकाको चोैतर्फी विकासका लागि अघि बढने कुरा नगर बाल सञ्जाल सचिव श्रेया नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्