२०८१ मंसिर २३
                           

१२ वर्ष अगाडि कुबेत पुगेकी जुगल निम्लुङकी सोमरानी बेपत्ता

कार्तिक ३०, सिन्धुपाल्चोक । वैदेशिक रोजगारीका लागि १२ बर्ष अगाडि कुबेत पुगेकी सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ की निम्लुङकी चेली बेपत्ता भएकी छिन् ।

घरेलुु कामदारको रुपमा कुवेत पुगेको ७ ८ महिनासम्म पैसा समेत पठाइरहेकी ३२ वर्षीया सोमरानी स्याङ्बो एकाकार सम्पर्क विहिन भएकी उनका आफन्त ले बताए । आज सम्पर्क होला कि भोलि त फोन आउलाकी भनेर कुर्दाकुर्दै ११ वर्ष विति सक्यो पहिला पनि एजेन्ट लाई खोजी गर्न आग्रह गरेको कतै पत्ता लगाई दिएन । पराइ मुलुकमा छोरी सम्पर्क विहिन भएको यत्रो वर्ष भएपनि फर्किने आशा अझैसम्म रहेको आफन्त ले बताएको छ।

पासपोर्ट नम्बर( ०५८११३९१) रहेको सुकरानी स्याङ्बो १२ बर्ष अगाडि नेपाल बाट एजेन्ट सन्तोष मगर कुबेत मा एजेन्ट ईश्वरि माया राई मार्फत कुवेत पुगेकी सोमरानी बेखबर भएपछि परिवारका विधुवा आमा र सानो भाई आत्तिएका छन् । परिवार को साथमा सुकरानी को फोटो कागजात केही पनि नरहेको परिवारले सुकरानी को खोजि गरिदिन देश तथा विदेशका सम्पुर्ण सरोकारवाला हरु लाई अनुनय विनय गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्