२०८१ श्रावण १२
                           

तेह्रथुममा भएको टिपर दुर्घटनामा परेर चौताराका श्रेष्ठको मृत्यु

सिन्धुपाल्चोक ,४ पुस

तेह्रथुम जिल्ला लालीगुराँस नगरपालिका वडा न ९, काँडेमा टिपर दुर्घटना हुँदा सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी वडा न ५ पुरानो बजारका साजु श्रेष्ठको मृत्यु भएको छ भने उ सगैँ अन्य दुई जनाको पनि मृत्यु भएको छ ।दुर्घटनामा परी अरु ३ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी टिपरमा सवार झापाको मेची नगरपालिका वडा न १५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी वडा न ५ चौताराका १९ वर्षीय साजु श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।श्रेष्ठ विगत केही समयअघि डोजर अपरेटको रुपमा काम गर्न संखुवासभा गएका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बसन्तपुरका अनुसार म्याङलुङ९बसन्तपुर सडक खण्डको काँडेबाट लसुनेबजारतर्फ आउँदै गरेको को १ ख ५८२९ नम्वरको टिपर बुधबार बेलुकी ६स्३० बजे सडकबाट १ सय ५० मिटर तल खसेको थियो । घाइतेको भने बसन्तपुर अस्पतालमा उपचार भइरहेको छ ।चालकको लापरवाहीको कारण टिपर अनियन्त्रित भएर सडकबाट खसेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्