२०८१ श्रावण १२
                           

मेयर सापकोटाद्वारा २६ सहिद परिवारलाई विद्युतिय चुलो लगाएतका सामाग्री हस्तान्तरण

सिन्धुपाल्चोक ,७ वैशाख
चौतारा सागाचोकगढी नगरपालिकाको आयोजनामा सहिद परिवार भेटघाट तथा विद्युतिय चुलो बितरण कार्यक्रम सुरु भएको छ ।बिहिबार नगरपालिकाको वडा न ४ बाट उत कार्यक्रम सुरु भएको हो ।

नगरपालिका भित्रका नेपाल सरकारले घोषणा गरेका सहिदहरुलाइ राहत स्वरुप विद्युतिय चुलो र त्यसमा प्रयोग हुने अन्य ६ थरी भाडाकुडा कुकर , कराइ, पानी तताउँने भाडो, चिया पकाउने भाडो , चपिङ बोर्ड , चक्कु बितरण गरिएको छ । वडा भरिका सहिद परिवारलाइ भेला गरि आयोजनाको औपचारिक कार्यक्रम शुरु गरिएको थियो ।

कार्यक्रममा सहिदको बिषय संसदमा उठाउनु पर्ने साथै बेपत्ताका परिवारलाई पनि सरकारले सहिदकै सुचिमा आउने गरि सरोकारवालार्इ इंकित गर्दै सहिद परिवारको तर्फ बाट बिन्दा बजगार्र्इले आफ्नो कुरा राख्नुभएको थियो । यो ब्यबस्था परिवर्तनको आन्दोलनमा आफ्नो प्राण उत्सर्ग गर्नुभएको थियो , उहाँहरुको परिवारलाई सम्झना र भेटघाटको लागि यो कार्यक्रम शुरु गरिएको कार्यक्रमका प्रमुख अतिथी तथा कृष्णप्रसाद सापकोटाले बताउँनुभयो ।

नगरभित्र सबैभन्दा बढी आन्दोलनमा ज्यान उत्सर्ग गर्ने वडा न ४ भएको र सबै वडाबासिलेयो आन्दोलनको महत्त्व बुझेको बताउदै कार्यक्रमको समापन गरिएको थियो । बिहिबार नगरप्रमुखले २६ सहिद परिवालाइ सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्