चौतारा साँगाचोकगढी नगरपालिकाले आँखामा मोतियाविन्दु भएकाहरुलाई मंगलबारदेखि निशुल्क शल्यक्रिया गर्न सुरु गरिएकोमा दोस्रो दिन २८ जनाको शल्यक्रिया भएको छ। शिविर २ सय १२ जना विरामीले सेवा लिएका छन् । जसमध्ये महिला ९१ र पुरुष १ सय २१ जना रहेका छन् । मोतिविन्दुको शल्यक्रिया २२ गतेसम्म जारी रहनेछ ।
यस्तै ६५ वटा चस्मा वितरण गरिएको जनस्वास्थ्य अधिकृत दिनेश नेपालले जानकारी दिए । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना र नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोगमा निशुल्क शल्यक्रिया गरेको हो ।
मोतिविन्दुको निशुल्क उपचार पाएपछि जेष्ठ नागरिकहरु खुशि भएका छन् । आज सबैभन्दा ठूलो उमेरका ९२ वर्षका सित्तपुर तामाङकोे शल्यक्रिया गरेको नेपालले बताए । सित्तपुर वडा नं ७ आरुबोटेका हुन् । पहिला घरमानै आएर स्वास्थ्यकर्मीले आँखा हेरेको र गाढीले लिन आएपछि आज उपचारका लागि नगरपालिका आइपुगेको तामाङले बताए ।
मेयर कृष्ण प्रसाद सापकोटाले समुदायमा पुगेर शिविर मार्फत पहिचान भएकाहरुलाई उपचार गर्ने बताउदै अझै गाउँमा विरामी लुकेर रहेको हुनसक्ने बताए । शिविरमा आएर सेवा लिन समेत नगरबासिलाई अनुरोध गरे ।
प्रतिक्रिया दिनुहोस्