२०८१ श्रावण १२
                           

पानी पलाउन छाडेपछि पाउ पर्दै

हरेक १२ वर्षको अन्तरालमा पानी पलाउँदै अएको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ५ स्थित नयाँपानी धाममा यसपटक पानी देखिएको छैन  । परापूर्वकालदेखि १२ वर्षको अन्तरालमा पानी पलाउँदै आएको सो धाममा यसपटक  १२ वर्ष नाघेपनि पानी पलाउने छाँटकाँट नदेखिएपछि स्थानीय अचम्भित भएका हुन् ।

पछिल्लो पटक सो स्थानमा २०६८ सालको कात्तिकमा पानी पलाएको थियो । सोहीबमोजिम २०८० कात्तिक वा मंसिरसम्म  पानी पलाउनुपर्ने स्थानीय बताउँछन् । तर, पुस महिना सकिन लाग्दा पनि पानी पलाउने छाँटकाँट नदेखिएपछि स्थानीयले अचम्म मानेका छन् ।

‘प्रत्येक १२ वर्षको अन्तरालमा यहाँ पानी पलाउने गथ्र्यो तर यसपटक भने छाँटकाँट नै देखिएन,’ स्थानीय बुद्धिप्रसाद आचार्यले भने । झण्डै १ इञ्च बराबरको पानीको मूल असार महिनासम्म पलाइरहन्थ्यो । हरेक १२ वर्षको अन्तरालमा कात्तिक मंसिरको चिसोमा पानी पलाएर मनसुन शुरु भएपछि असारमा सुक्ने गर्ने गरेको पानीको मूल यसपटक नपलाएपछि स्थानीयहरुले क्षमापूजा गर्न लागेका छन् ।

मानवीय भूलवश देवता रिसाएर मूल नपालाएको हुन सक्ने भन्दै आज नयाँपानी संरक्षण समितिको पहलमा क्षमा पूजा गर्न लागिएको हो । १२ वर्षको अन्तरालमा मूल पलाएपछि यसअघि सो स्थानमा विभिन्न धार्मिक अुनष्ठान र महोत्सव हुँदै आएको थियो । पानी नपलाएपछि धार्मिक अनुष्ठान गर्दै महोत्सवको आयोजना गर्ने विषय पनि यसपटक अन्यौलमा परेको हो ।जना आस्था

प्रतिक्रिया दिनुहोस्