चौतारा । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा शुक्रबारदेखि सुरू भएको तीन लाख पुरस्कार राशीको खुला पुरूष राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लबले विजयी सुरूवात गरेको छ । उद्घाटन खेलमा चिरपरिचित प्रतिद्वन्दी त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै प्रतियोगितामा पुलिसले विजयी सुरुवात गरेको हो ।
खेलको पहिलो सेट पुलिसले आफ्नो पक्षमा पारेको थियो ।चौथो तोप –२१ तथा प्रथम चौतारा साँगाचोकगढि नगर कप खुला राष्ट्रिय क्लब भलिबल प्रतियोगिता सिन्धुपाल्चोक २०८१ को पहिलो खेलको दोस्रो सेटमा आर्मी लयमा फर्किए पनि तेस्रो र चौैंथो सेट गुमाएपछि पुलिसले जित निकालेको हो ।
तीन लाख पुरस्कार राशीको प्रतियोगिता ६ दिनसम्म चल्नेछ । सात टिम सहभागी भएको खेलको उद्घाटन सिन्धुपाल्चोक प्रतिनिधिसभा १ का सांसद माधव सापकोटाले गरेका थिए ।
प्रतियोगिताको आयोजना तोप–११ चौतारा गरेको
हो । यो प्रथम चौतारा साँगाचोकगढी नगर कप राष्ट्रिय खुल्ला क्लब स्तरीय भलिवल प्रतियोगिता हो । प्रथम हुने टोलीले नगद तीन लाख रुपैयाँ सहित ट्रफि र मेडल पुरस्कार पाउनेछ । दोस्रो हुनेले एक लाख पचास हजार तथा तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ पाउनेछ ।
प्रतिक्रिया दिनुहोस्