२०८१ श्रावण १२
                           

स्वमसेविका दिवसको अवसरमा सुनकोशीमा चेतनामुलक र्याली तथा अन्र्तक्रिया कार्यक्रम

सिन्धुपाल्चोक ,१९ मङिसर – २० औ महिला सामुदायिक स्वास्थ्य स्वमसेविका दिवसको अवसरमा सुनकोशी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा चेतनामुलक र्याली तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका कार्यालयबाट सुरु भएको चेतनामुलक र्याली बजार र स्थानीय माझी बस्ती परिक्रमा गरेर गाउँपालिकामा आयोजीत अन्तरक्रिया कार्यक्रममा सहभागी भएको थियो ।

सुनकोशी गाउँपालिकाले गत वर्षदेखि महिला स्वास्थ्य स्वमसेविकाहरुलाई संघीय सरकारबाट आउने बाहेक मासिक रुपमा थप ५ सय रुपियाँ प्रोत्साहान भत्ता उपलब्ध गराउन सुरु गरेको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए । कार्यक्रममा महिला स्वास्थ्य स्वमसेविकाहरुलाई सरसफाइ किट उपलब्ध गराएको स्वास्थ्य शाखा प्रमुख गोविन्द हायुले जानकारी दिए ।

अन्तरक्रिया कार्यक्रममा सुनकोशी गाउँपालिकाकी उपाध्यक्ष कान्छी लामा,प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ लगायतले महिला स्वास्थ्य स्वमसेविकाहरुले समाजमा स्वास्थ्य चेतना फैलाउन महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्