२०८१ श्रावण १२
                           

स्थानिय सरकारको अनुमति विना प्रहरीको मिलेमतोमा स्लेट ढुङ्गा रातारात निकासी

मङ्सिर  ५- सिन्धुपाल्चोककाे जुगल गा. पा वडा नं ६ हगाम, विसिघंर, स्वीकृत खानीक्षेत्रमा उत्खनन भएको स्लेट ढुङ्गा स्थानीय सरकारको अनुमति विना रातारात निकासी भएको छ ।

खानी तथा भूगर्भ विभागमा दर्तावाला खानी डि एस ईन्डस्ट्रिच प्रा ली ले खानी विभागबाट राजश्व तिरेको रसिद सहितको पत्र गाउँपालिकामा देखाएको तर गाउँपालिकाले यस सम्बन्धमा अख्तियारमा उजुरी परेको, उत्खनन भएको ढुङ्गा सार्वजनिक जग्गाबाट हुन सक्ने, खानी तथा खनिज पदार्थ संरक्षण नियमावली २०५६ पुरानो भएको हुँदा स्पष्ट मापदण्ड नबनिसकेको अवस्था र कुनै नीतिगत निर्णय विना स्वीकृत खानीकै भएपनि निकासा अनुमति नदिने र यसको लागि नजिकैको ईलाका प्रहरी कार्यालय जलबिरे तथा जिल्ला प्रहरी कार्यालयलाई समेत सचेत गराउँदा गराउँदै पनि प्रहरीको ठाडो मिलेमतोमा रातारात ४ ट्रिप स्लेट ढुङ्गा निकासी भएको हाे ।

गाउँपालिकाको आधिकारिक हस्ताक्षर सहितको निकासी अनुमति पत्र नहुँदा नहुँदैपनि के कसरी र किन प्रहरीले ढुङ्गा छोडिदिएको हो यसले संघीयताको समन्वय, सहकार्य र सहअस्तित्व भन्ने मर्ममाथि प्रहार भएको र प्रहरीको मिलेमत्तो प्रति सम्बन्धित निकायको ध्यान आकर्षित समेत गरेको भनि स्थानीय सरकारकाे आपत्ति छ।

प्रतिक्रिया दिनुहोस्