८ मंसिर– धरहरा चढ्नका लागि मूल्य निर्धारण गरिएको छ । सरकारले मंसिर ९ गतेदेखि सःशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिएसँगै धरहरा चढ्नका लागि नागरिकले दुई सय रुपैयाँ तिर्नुपर्ने भएको छ ।
मन्त्रिपरिषद्को बैठकले विशिष्ट संरचना सञ्चालन र व्यवस्थापन विकास समिति गठन आदेश २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अहिलेलाई नागरिकका लागि दुई सय रुपैयाँ शुल्क लिइएर धरहरा सञ्चालन गर्न स्वीकृत दिने निर्णय गरे ।
सहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार धरहरा चढी अवलोकन गरेको प्रतिव्यक्ति शुल्क नेपाली नागरिकलाई दुई सय, सार्क देशका नागरिकलाई पाँच सय र सार्क देश बाहेक अन्य देशका नागरिकलाई एक हजार रुपैयाँ तोकिएको छ । धरहरा प्रवेश गर्दा लाग्ने शुल्कमा विद्यार्थी र ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई आधा छुट दिने निर्णयसमेत भएको छ । दश वर्षमुनिका बालबालिका शुल्क नलाग्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्