२०८१ आश्विन २६
                           

मेलम्ची नगरपालिकाका कर्मचारीले भूकम्प प्रभावितलाई सहयोग गर्ने

मेलम्ची नगरपालिकामा कार्यरत कर्मचारीले  भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिमलगायत प्रभावित क्षेत्रका लागि राहत रकम दिने भएका छन् ।
नगरपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृतको ३ दिनको, अधिकृत स्तरको कर्मचारीको २ र अन्य कर्मचारीको १ दिनको पारिश्रमिक रकम भूकम्प प्रभावित क्षेत्रका लागि दिने निर्णय गरिएको लेखा अधिकृत मुरारी पुडासैनीले जानकारी दिनुभयो ।
उक्त रकम प्रधानमन्त्री दैवि प्रकोप उद्धारकोषमा उपलब्ध गराउने निर्णय गरिएको पुडासैनीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्