२०८१ माघ २४
                           

सेतीदेवी माबि स्याउलेको विब्यस अध्यक्षमा श्यामसुन्दर

चौतारा साँगाचोकगढी नगरपालिका १ स्थित सेतीदेबी माध्यमिक बिद्यालय स्याउलेको बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा समाजसेबी श्यामसुन्दर श्रेष्ठ ( बिबेक) चयन भएका छन् ।
शुक्रबार बिद्यालयमा भएको अभिभावकहरुको एक भेलाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।

श्रेष्ठ सानै उमेरदेखी समाजसेवामा लागेका व्यक्ति हुन् । उनी तत्कालिन नेकपा माओबादीले सञ्चालन गरेका १० बर्षे जनयुद्ध कालमा भुमिगत समेत भएका थिए । सुरुका क्षणमा बिद्यार्थी संगठनमा काम गरेका उनले पार्टीले रणनैतिक रुपमा फौजी दस्ता जनमुक्ति सेना गठन गरेको थियो । उनले जनमुक्ति सेनामा रहेर बिग्रेड सहायक कमाण्डरको भूमिका समेत निर्वाह गरेका थिए । शान्ति प्रकृयाको सिलसिलामा नेपाल सरकारले सेना समायोजन गर्ने निर्णय गरेपछि उनी स्वइच्छुक अवकास लिएर पार्टी काममा सिन्धुपाल्चोक जिल्लामा जोडिन थाले ।
उनी हाल माओबादी केन्द्रका बागमती प्रदेश समितिको सदस्यको जिम्मेवारीमा रहँदै आएका छन् । उनी निरन्तर समाजसेवामा लागिपरेपछि स्याउले बासीले बिस्वास गरेर बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसहमत चयन गरेका छन् ।
उनीसंगै बिद्यालय व्यवस्थापन समिति सदस्यमा  भुवनलाल जोन्छे, सोममाया श्रेष्ठ, बीरमाया तामाङ, फुल बहादुर तामाङ र उमा परियारलाई चयन गरेको छ ।

यो भन्दा अघिल्लो कार्यकालमा निरमाया लामाको नेतृत्वमा महिलासहरुकै सहभागितामा सिङ्गो बिद्यालय व्यवस्थापन समिति रहेको थियो ।
वडाको एकमात्र  उक्त माध्यमिक बिद्यालयमा १२ कक्षा सम्मको अध्यापन हुदै आईरहेको छ ।  बिद्यालयमा ५ सय हाराहारीमा बिद्यार्थीहरु भर्ना भई अध्ययन गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्