२०८१ श्रावण १२
                           

मालिकादेवी कपकाे उपाधि रोयल फेमिली चौतारालाई

मेलचौर युवा जागरण समाजद्वारा आयोजित तेस्रो संस्करणमाको मालिकादेवी कप सेभेन ए साइड नगर कप फुटबल प्रतियोगिताको उपाधि रोयल फेमिली चौताराले जितेको छ।

शुक्रबार सम्पन्न फाइनलका खेलमा रोयल फेमेली चौताराले महाङ्काल भुमि तामाङ समाजलाई २-० ले पराजित गर्दै उपाधि जितेको हो।

जितमा दुबै गोल क्रिश सापकोटाले गर्नु भएको थियाे।उक्त खेलको म्यान अफ दि म्याच घोषित हुँदै नगद एक हजारसहित ट्रफी प्राप्त गर्नुभयाे।

उपाधि सँगै रोयलले नगद १ लाख ११ हजार १ सय ११ र उपविजेताले महाङ्कालले ६६ हजार ६ सय ६६ रुपैयाँमा पाएका छन् ।

फाइनल खेल तथा समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका भौतिक तथा पूर्वधार मन्त्री युवराज दुलालले विजयी टिमका खेलाडीलाई ट्रफी मेडल र प्रमाण पत्र वितरण गर्नु भयो।

गत असोज २७ गतेबाट सुरु भएको यस प्रतियोगितामा २७ टोलीले सहभागिता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्