२०८१ श्रावण १२
                           

पत्रकार महासघंका पुर्व सभापती पौडेल सुनकोशी गाउँपालिकाद्रारा सम्मानित

१ कार्तिक ,चौतारा- सुनकोशी गाउँपालिकाले कान्तिपुर दैनिकका उपसम्पादक ऋषिराम पौड्याललाई सम्मान गरेको छ । बुधबार पालिकाले राखेको विजयदशमीको शुभकामना आदानप्रदान, चियापान तथा सम्मान कार्यक्रमबाट पौड्याललाई ‘सिन्धु पत्रकारिता सेतो बाघ’ ले सम्मान गरिएको हो ।

०४९ सालबाट राससबाट पत्रकारिता सुरु गर्नुभएका पौड्याल नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्वसभापतिसमेत हुनुहुन्छ। सुनकोशी गाउँपालिकाले पौड्यालसहित सामुदायिक र निजी बोर्डिङका प्लस टु र एसईईका गरी १० उत्कृष्ट नतिजा ल्याउने विधार्थी र गा.पा.मा कार्यरत दुई जना कर्मचारीलाई पनि पुरस्कृत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्